Skip

Hamro Sanchar

कुवेतमा विषाक्त मदिरा सेवनका कारण ९ जना नेपालीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ३० गते


काठमाडौं । विषाक्त मदिरा सेवनका कारण कुवेतमा ज्यान गुमाउनेको संख्या २३ जना पुगेको छ। २३ मध्ये ९ जना नेपाली रहेको श्रम सहचारी गिरीप्रसाद आचार्यले जानकारी दिए।

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष विकास बहादुर सिंह ९विकाससिंह ठकुरी० र सचिव सुरेन्द्र लिम्बूले अपिलपत्र जारी गर्दै नेपालीसहित एसियाली मुलुकका १६० जना मदिरा सेवनकै कारण बिरामी भएर उपचाररत रहेको जानकारी दिएका छन्।

उनीहरूले कुवेतको सरकारी सञ्चारमाध्यमलाई उदृत गर्दै अपिल पत्रमा भनेका छन्, कुवेत सरकारको ताजा जानकारीअनुसार मिथानोल मिसिएको विषाक्त मदिरा सेवनका कारण हालसम्म २३ जनाको मृत्यु भइसकेको छ र १६० जना अस्पतालमा उपचाररत छन्।

परिषद्‌ले यसघटनामा दुस्ख व्यक्त गर्दै कुवेतमा मदिरा सेवन, बिक्री र वितरण पूर्णतया निषेध गरिएको उल्लेख गरेको छ।

परिषद्ले यस्ता अवैध र घातक कार्यमा कुनै पनि प्रकारले संलग्न नहुन, आफ्नो स्वास्थ्य र सुरक्षालाई सधैँ प्राथमिकतामा राख्न र कुवेतको कानुनको कडाइका साथ पालना गर्न भनेको छ।

त्यस्तै दूतावासले पछिल्लो ३ दिनमा ९ नेपालीको निधन भएको जानकारी दिएको छ। यो संख्या हिजोसम्मको हो।

पछिल्लो ३ दिनमा ९ जनाको निधन भएको रिपोर्ट आएको छ। १५ जनाभन्दा धेरै अहिले पनि उपचाररत हुनुहुन्छ, आचार्यले भने, उनीहरूको मृत्युको कारणबारे मेडिकल रिपोर्ट आएपछि मात्रै भन्न सकिन्छ। आज पनि हामी अवस्था बुझ्ने कोशिसमै छौँ।

परराष्ट्र मन्त्रालयले भने यसबारे जानकारी गराउन भनिएको उल्लेख गरेको छ ।


प्रतिकृया दिनुहोस्