काठमाडौं, माघ १६- आगामी माघ २६ गते अर्थात्, फेब्रुअरी ८ मा पहिलोपटक काठमाडौंमा भाषण प्रतियोगिता हुने भएको छ ।
सर्टिफाईड कलेज अफ अकाउन्टेसी (CCA) कलेजको आयोजनामा नेपालको प्रमुख ACCA संस्थाले अन्तर-विद्यालय भाषण प्रतियोगिता २०२५ गर्ने भएको हो ।
यस प्रतियोगिताले कक्षा ११-१२ मा अध्ययन गर्ने विद्यार्थिहरूलाई सार्वजनिक भाषण, सिर्जना र आत्मविश्वासको क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्न उत्कृष्ट मञ्च प्रदान गर्ने सर्टिफाईड कलेज अफ अकाउन्टेसी Certified College of Accountancy (CCA) का निर्देशक मनिष शर्माले हाम्रोसंचारलाई जानकारी दिए । यस प्रतियोगितामा काठमाडौंका करीब २५ भन्दा बढी विद्यालयहरूले भाग लिने र विद्यालयहरु बीच कडा प्रतिस्पर्धा हुने निर्देशक शर्माको भनाई छ ।
प्रतियोगिताले विद्यार्थीहरुको शैक्षिक र व्यावसायिक सफलताका लागि अत्यावश्यक पर्ने आलोचनात्मक सोच , उच्चारण, आत्माविश्वास तथा विचारोत्तेजक भाषण कला प्रस्तुत गर्न सहयोग पुर्याउने छ ।
प्रतियोगिताको विजेताले एकथान ट्याब्लेट, प्रमाणपत्र र मेडल, पहिलो रनर-अपले स्मार्टवाच, प्रमाणपत्र र मेडल, दोस्रो रनर-अपले हेडफोन, प्रमाणपत्र र मेडल र सबै सहभागीहरूलाई सहभागी प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै प्रतियोगितामा भाग लिन आएका विद्यालय प्रतिनिधिहरूलाई CCA कलेजले विशेष सम्मान स्वरुप मायाको चिनो प्रदान गर्नेछ।
कार्यक्रम सर्टिफाईड कलेज अफ अकाउन्टेसी Certified College of Accountancy (CCA) कलेजको सभाहलमा आगामी माघ २६ गते अर्थात्, फेब्रुअरी ८ तारीख बिहान ९:०० बजे सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगीलाई प्रवेश शुल्क राखिएको छैन ।