काठमाडौं, फागुन २६- काठमाडौंमा भएको जिल्लास्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधि छात्र तर्फको खेलमा काठमाडौं महानगरपालिकाको टिम र छात्रा तर्फको चन्द्रागिरी नगरपालिका टिमले जितेको छ । त्यस्तै, छात्र तर्फ ताकेश्वर नगरपालिका र छात्रा तर्फ काठमाडौं महानगरपालिका टिम दोस्रो भएका छन् । उता छात्रतर्फ कागेश्वरी मनोहरा नगरपालिका र गोकर्णेश्वर नगरपालिका तथा छात्रातर्फ गोकर्णेश्वर नगरपालिका र कीर्तिपुर नगरपालिका तेस्रो हुन सफल भएका छन् ।
काठमाडौं जिल्ला खेलकुद बिकास समितीको आयोजना तथा कागेश्वरी मनोहरा नगरपालिकाको संयोजनमा बिहिबार गान्धी आदर्श मावि काँडाघारीमा १२ औं जिल्लास्तरीय राष्ट्रपती रनिङ प्रतियोगिता सम्पन्न भएको हो ।
भलिबल प्रतियोगितामा काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये ९ वटा स्थानीय तहको सहभागिता थियो ।
बिजेता खेलाडीलाई कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेयर शान्ता थापा, कागेश्वरी नगरपालिकाको तर्फबाट खेलकुद संयोजक भिमसेन थापा, कार्यकारी अधिकृत अजय बर्तौलाले संयुक्त रुपमा शिल्ड तथा ट्रफी वितरण गरेका थिए ।
यो पनि पढ्नुहोस्- कागेश्वरी मनोहरा नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शूरु