Hamro Sanchar

कागेश्वरी मनोहरा नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शूरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, ५ गते


Advertisement

काठमाडौं, फागुन ५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि शूरु भएको छ । नगरप्रमुख उपेन्द्र कार्कीले शुक्रवार बिहान मूलपानी चौरमा विद्यालयको मार्चपासबाट प्रतियोगिताको उद्घाटन गरेका छन् ।

सो प्रतियोगितामा नगरपालिका भित्र संचालनमा रहेका संस्थागत र सामुदायिक गरि कुल ३५ वटा विद्यालयले नोमिनेसन गराइसकेको मेयर कार्कीले बताए ।

मेयर कार्कीले खेल अत्यन्तै ब्यवस्थित र अनुशासीत रुपमा सम्पन्न हुने विश्वास ब्यक्त गरे । मेयर कार्कीले शनिबार सबै विधाका खेल शूरु हुने र आइतबार गान्धी आर्दश विद्यालयमा गएर समापन गरिने बताए ।

मेयर कार्कीले नगरपालिकालाई खेलकुद नगरीको रुपमा विकास गर्ने उद्देश्य र नगरपालिकाभित्र खेलकुद क्षेत्रमा थप अगाडि बढाउन सहयोग पुग्ने विश्वासका लागि प्रतियोगिता हुन लागेको बताए ।

कुल ७ वटा खेलका बिभिन्न विधामा बिद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक एवम् वडा नं ७ का वडाअध्यक्ष भीमसेन थापाले जानकारी दिए । उनले नगरस्तरीय प्रतियोगितामा छनौट हुने खेलाडीहरुले जिल्ला स्तर हुदै प्रदेश र राष्ट्रिय स्तरमा समेत सहभागीता जनाउने बताए ।

यसै सन्दर्भमा जानकारी दिन नगरपालिकाले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।


प्रतिकृया दिनुहोस्