
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा टिकट बिक्रीबाट मात्र साढे ८ करोड रुपैयाँ आम्दानी गरेको छ।
क्यानका कोषाध्यक्ष पदम खड्काले करिब साढे ८ करोड रुपैयाँको टिकट बिक्री भएको जानकारी दिएका छन्।
कीर्तिपुर मैदानको प्यारापिटमा १० हजार कुर्ची जडान भए पनि क्यानले ९ हजार ४ सय मात्रै टिकट बिक्री गरेको थियो।
शनिबार सकिएको एनपीएलको उपाधि लुम्बिनी लायन्सले उचालेको छ। फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो।


















