Skip

Hamro Sanchar

देवराज लामालाई हर्क साम्पाङले गरे पार्टी उपाध्यक्षबाट निलम्बन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २ गते


काठमाडौं । विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा)लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ ।

अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि अनुसन्धानको टुंगो नलागेसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लामालाई काठमाडौंको कपनबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार पक्राउ गरेको थियो।

२०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र २ जना घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।


प्रतिकृया दिनुहोस्