आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अस्पतालमा दूध सर्किएर शिशुको मृत्यु, आफन्तले डाक्टर र नर्सलाई थुने

प्रतिमा कुमाल प्रकाशित : २०७९ साउन, १२ गते


Advertisement

चितवन, साउन १२- भरतपुर अस्पतालमा एक शिशुको उपचारको क्रममा लापरवाहीबाट मृत्यु भएको भन्दै आफन्तले डाक्टर र नर्सलाई कार्यकक्षमा थुनेका छन् ।

भरतपुर महानगरपालिका–१५ निवासी एक बालकको उपचार क्रममा लापरवाहीबाट मृत्यु भएको आरोपमा बच्चा वार्डका डाक्टर र नर्सलाई उनीहरुले कार्यकक्षमै थुनेका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णप्रसाद पौडेलले कार्यकक्षमा थुनिएका डाक्टर र नर्सलाई मुक्त गरिएको जानकारी दिए । उनले भने, ‘ बच्चाले दूध नखाएको कारण आज बिहान अस्पताल लिएर आएका थिए । बच्चाको दूध सर्किएको कारणले निधन भएको हो ।’

शोभा लम्साल र राम लम्सालले आफ्नो तीन महिनाको छोरा आज बिहान १० बजे उपचारका लागि भरतपुर अस्पतालमा लगेका थिए । आज दिउँसो ३ बजे मृत भनी अस्पतालले घोषणा गरेपछि आफन्तले उपचारमा लापरबाही भएको भन्दै आक्रोशित भएका छन् । उनीहरुले समयमै उपचार नपाउँदा बच्चाको ज्यान गएको बताएका छन् । अस्पतालमा बच्चाको परिवारका आफन्तहरुले उपचार छाडेर नर्सहरु जन्मदिन मनाउन लागेको आरोप लगाए ।


प्रतिकृया दिनुहोस्