काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ ।
आज भएको खेलमा जनकपुरले काठमाण्डु गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो ।
काठमाण्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा मोइन अलीले अविजित ५८ र सैफ हसनले अविजित ४० रन बनाए । दुवैले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरे ।
यसअघि टस जितेर ब्याटिङ गरेको काठमाण्डु १९ ओभर ३ बलमा ११५ रनमै समेटिएको थियो । उसका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए ।
जनकपुरका राहुल यादवले ४ विकेट लिएर काठमाण्डुको ब्याटिङ ध्वस्त पारे । सैफ हसनले २ तथा मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले एक–एक विकेट लिए ।
पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको छ ।

























