११ असोज, काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि अमेरिकामा रहेका तीन नेपाली संस्थाले २ लाख २६ हजार अमेरिकी डलर राहत सहयोग उपलब्ध गराएका छन्।
एनएच नेपाली समाजले १ लाख २० हजार, अमेरिकन नेपाल हेल्पिङ सोसाइटी भर्जिनियाले ९३ हजार र गुरुङ सोसाइटीले १३ हजार अमेरिकी डलर बराबरको सहयोग परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेका हुन्।
सहयोग ग्रहण गर्दै मन्त्री खनालले बाढी प्रभावित नेपालीप्रति देखाइएको ऐक्यबद्धता र सहयोगका लागि संस्थाहरू तथा नेपाली समुदायप्रति धन्यवाद व्यक्त गरे ।






























