Skip
आज : २०८३ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ९ गते


Advertisement

९ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ५६ हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ९६१ रुपैयाँ कायम भएको छ ।


प्रतिकृया दिनुहोस्