Skip

Hamro Sanchar

नयाँ सदस्यता वितरण गर्न कांग्रेसले खटायो ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १० गते


Advertisement

१० असार, काठमाडौं । नेपाली कांग्रेसले नयाँ सदस्यता वितरण गर्नका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।

आउँदो १५औँ महाधिवेशनका लागि नयाँ सदस्य वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाइएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

केन्द्रीय प्रतिनिधिलाई नयाँ सदस्यता वितरणका लागि असार २० गतेसम्म सम्बन्धित जिल्लामा बस्न भनिएको छ।

नयाँ सदस्यता वितरण गर्दा ३५ वर्षमुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न कार्यादेश दिइएको छ। केन्द्रीय प्रतिनिधिलाई दिएको कार्यादेशमा भनिएको छ, ‘नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेषगरी ३५ वर्षमुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ तोकिएका केन्द्रीय प्रतिनिधिले २०८३ असार ७ देखि २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्नुहुनेछ।

 

 

 

 


प्रतिकृया दिनुहोस्