Skip

Hamro Sanchar

राप्रपाको महाधिवेशन २६–२८ मंसिरमा : कार्यतालिका पारित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ४ गते


र४ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको कार्यतालिका पारित गरेको छ ।

आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले २६–२८ मंसिरमा महाधिवेशन गर्ने गरी कार्यतालिका पारित गरेको हो ।

महाधिवेशन काठमाडौंमा गर्ने राप्रपाले उल्लेख गरेको छ । राप्रपाले महाधिवेशनका लागि भदौ मसान्तसम्ममा जिल्ला अधिवेशनहरू सक्ने कार्यतालिका बनाएको छ । जिल्ला अधिवेशन सकेको अर्को महिना असोजमा सक्रिय सदस्यता वितरण गर्ने प्रस्ताव पनि गरेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन समितिले प्रस्ताव गरेको नियमावली र निर्देशिका पारित गरेको छ ।

राप्रपाले कार्यसम्पादन समितिले पारित गरेका एजेन्डालाई केन्द्रीय समितिमा प्रस्तुत गर्दै छ । केन्द्रीय समितिको बैठक भोलिबाट सुरु हुँदै छ ।


प्रतिकृया दिनुहोस्