Skip

Hamro Sanchar

नेपाल सेमिफाइनलमा मलेसियासँग २ विकेटले पराजित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १६ गते


१६ जेठ, काठमाडौं । मलेसियाको क्वालालम्पुरमा शनिबार सम्पन्न महिला टि-२० एसियाली खेलकुद छनोट को सेमिफाइनल खेलमा नेपालको महिला क्रिकेट टोली आयोजक मलेसियासँग २ विकेटले पराजित भएको छ।

बायुमास क्रिकेट ओभलमा भएको यस प्रतिस्पर्धात्मक खेलमा नेपालले दिएको लक्ष्य मलेसियाले ८ बल बाँकी छँदै ८ विकेट गुमाएर पुरा गर्‍यो।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि कप्तान इन्दु बर्माले ४१ बलमा अविजित ४६ रनको महत्वपूर्ण योगदान दिइन्। त्यस्तै, विष्फोटक ब्याटिङ गरेकी कविता कुँवरले मात्र १५ बलमा ३३ रन जोडिन् भने रुवी पोदारले १७ रनको योगदान दिइन्।

मलेसियाका लागि विनिफ्रेड दुराइसिंगमले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन्।

१२७ रनको लक्ष्य पछ्याएको मलेसियाका लागि एल्सा हन्टरले उत्कृष्ट ब्याटिङ गर्दै २४ बलमा ४८ रन बनाइन्, जसले टोलीको जितको आधार तय गर्‍यो। धनुश्री मुहुननले २१ र ऐना हमिजाह हाशिमले १८ रनको योगदान दिइन्।

नेपालका बलरहरूले मलेसियालाई अन्तिम ओभरसम्म दबाबमा राख्ने प्रयास गरेका थिए। रिया शर्माले ३ ओभरमा २० रन दिएर ३ विकेट लिइन् भने मनिषा उपाध्याय र रुविना क्षेत्रीले समान २–२ विकेट हात पारे


प्रतिकृया दिनुहोस्