Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काभा महिला भलिबलको सेमिफाइनलमा आज इरानसँग भिड्दै नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १४ गते


Advertisement

१४ जेठ, काठमाडौं । घरेलु मैदानमा जारी काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत नेपाल आज सेमिफाइनलमा इरानसँग भिड्दै छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बहुउद्देश्यीय कभर्डहलमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

समूह चरणको पहिलो खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो।

दोस्रो खेलमा कीर्गिस्तान र समूह चरणको अन्तिम खेलमा मालदिभ्समाथि समान ३–० को सेटमा नेपाल विजयी भएको थियो। इरानले भने समूह चरणमा एक सेट पनि गुमाएको छैन।

बलियो प्रतिद्वन्द्वीविरुद्ध कोर्टमा उत्रिँदा नेपाली महिला भलिबल टोलीलाई केही कठिन हुन सक्छ।

किनकि भारतसँगको प्रतिस्पर्धामा नेपाली टोलीमा अनुभवको कमी प्रस्ट देखिएको थियो।

माल्दिभ्सविरुद्ध भने मुख्य प्रशिक्षक जगदीश भट्टले सलिना श्रेष्ठबाहेक सबै ११ खेलाडीलाई मौका दिएका थिए।

आजै हुने पहिलो सेमिफाइनल खेलमा भारत र कजाकिस्तान भिड्दै छन्। खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।


प्रतिकृया दिनुहोस्