Skip

Hamro Sanchar

रोयल च्यालेन्जर्स बैंगलोर आईपीएलको फाइनल प्रवेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १३ गते


१३ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) फाइनलमा पुगेको छ ।

गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै लगातार दोस्रो पटक को फाइनलमा स्थान बनाएको छ।

बैंगलोरले कप्तान रजत पाटीदारको विस्फोटक इनिङ्सको मद्दतमा २० ओभरमा पाँच विकेट गुमाएर २५४ रन बनाएको थियो। जवाफमा गुजरात १९.३ ओभरमा १६२ रनमै अलआउट भयो। अब टोलीले आज हुने हैदराबाद र राजस्थानबीचको इलिमिनेटरको विजेतासँग शुक्रबार क्वालिफायर–२ मा प्रतिस्पर्धा गर्नेछ।

रोयल च्यालेन्जर्स बैंगलोरले कुल पाँचौँ पटक आइपिएल फाइनलमा स्थान बनाएको हो। यसअघि टोली सन् २००९, २०११, २०१६ र २०२५ मा फाइनल पुगेको थियो। गत सिजन पञ्जाब किङ्सलाई हराउँदै उपाधि जितेको रोयल च्यालेन्जर्स बैंगलोर उपाधि रक्षा गर्न अब एक कदम टाढा छ।

लक्ष्य पछ्याउने क्रममा गुजरातको सुरुआत निकै कमजोर रह्यो र टोलीले पावरप्लेभित्रै पाँच विकेट गुमायो। यसअघि टस जितेर गुजरातले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। रोयल च्यालेन्जर्स बैंगलोरका लागि भेङ्कटेश अय्यर र विराट कोहलीले सुरुदेखि नै आक्रामक ब्याटिङ गरे


प्रतिकृया दिनुहोस्