
९ जेठ, काठमाडौं । नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा)महिला च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ ।
आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्ड हलमा भएको खेलमा नेपालले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको हो।
नेपालले समूह ए को खेलमा कीर्गिस्तानलाई सोझो सेटमा हराउँदै सेमिफाइनल सम्भावना कायम राखेको छ । नेपालले कीर्गिस्तानलाई २५-१८, २५-२०, २५-१३ ले पराजित गर्यो ।
नेपालका लागि मिडल ब्लकर सुमित्रा रेग्मीले सर्वाधिक १९ अंक जोडिन् । उनी प्लेअर अफ दि म्याच घोषित भइन् ।
जितसँगै दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘ए’को दोस्रो स्थानमा छ । पराजित कीर्गिस्तान दुई खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ ।
नेपाल पहिलो खेलमा भारतसँग ३-२ ले पराजित भएको थियो । अब नेपालले समूहको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । नेपालले यदि माल्दिभ्सलाई पराजित गरेमा सेमिफाइनल यात्रा तय गर्नेछ ।
कीर्गिस्तानले भारतको सामना गर्नेछ । प्रतियोगितामा विभिन्न आठ राष्ट्र सहभागी छन्













