
८ जेठ, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वक लिग– २ अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको हो ।
नेपालका लागि इशान पाण्डेले ८४ तथा दीपेन्द्रसिंह ऐरीले ५९, कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३ तथा कुशल भुर्तेलले २९ रन प्रहार गरे । अमेरिकाका शुभम रञ्जनेले ३ विकेट लिए ।
यसअघि नेपालले २०२३ मा घरेलु मैदानमा ओमानविरुद्ध ३ सय १० रन बनाएको थियो। ओडीआईमा नेपालले स्कटल्यान्डविरुद्ध ३ सय २१ रनको विशाल योगफल बनाएको थियो। ओडीआईमा नेपालले बनाएको यो नै सर्वाधिक विशाल योगफल हो।













