
८ जेठ, काठमाडौं । इशान पाण्डेले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक शृंखलाअन्तर्गत अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका छन्।
आज इशानले ६१ बलमा ३ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्। राष्ट्रिय टोलीका लागि ओडीआईमा इसानको लगातार दोस्रो अर्धशतक हो।
यसअघि उनले स्कटल्यान्डविरुद्धको खेलमा अर्धशतक हानेका थिए। जारी शृंखलामा नै इसानले ओडीआईमा डेब्यु गरेका हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ३५ ओभरको खेल जारी रहँदा दुई विकेटको क्षतिमा १६८ रन बनाएर खेलिरहेको छ।













