Skip

Hamro Sanchar

लिग– २ : नेपाल आज अमेरिकासंग भिड्दै, सुखद अन्त्य गर्ने नेपालको लक्ष्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ८ गते


८ जेठ, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदै छ ।

यो प्रतिस्पर्धा आज बिहान ९:३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

जारी सिरिजमा नेपालको यो चौथो खेल हो । यसअघि भएका तीन खेलमध्ये नेपाल दुई खेलमा विजयी भएको छ ।

पहिलो खेलमा स्कटल्यान्डसँग हारेको नेपालले दोस्रो खेलमा अमेरिका र तेस्रो खेलमा स्कटल्यान्डलाई पराजित गरेको थियो ।

नेपाल घरेलु मैदानमा भएका दुइटा सिरिजमा महत्त्वपूर्ण अंकसहित पहिलोपटक पाँचौँ स्थानमा आएको छ ।

तसर्थ, नेपालले आफ्नो लयलाई कायम राख्दै आजको खेलमा अमेरिकालाई घरेलु मैदानमा दोस्रो हार चखाएर सिरिजको सुखद अन्त्य गर्न चाहन्छ ।

आठ राष्ट्र समावेश लिग– २ को अंक तालिकामा नेपाल पाँचौँ स्थानमा छ । नेपालले अहिलेसम्म ४२ मध्ये २७ खेल खेलेर २२ अंक बटुलेको छ । अंक तालिकाको शीर्ष चारमा रहने टोली एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप छनोटमा सिधै प्रवेश पाउनेछन् ।


प्रतिकृया दिनुहोस्