Skip

Hamro Sanchar

अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २५ गते


२५ बैशाख, काठमाडौं । अमेरिकाले नेपाल ‘ए’लाई एकदिवसीय क्रिकेट श्रृंखलामा २६३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार काठमाडौंको मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले नेपाल ‘ए’ विरुद्ध निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६२ रनको योगफल खडा गरेको हो ।

अमेरिकाको निम्ति ओपनर स्मित पटेलले ११६ रनको शतकीय इनिङ खेले । पटेललले १०८ बलमा १० चौका र पाँच छक्का प्रहार गरे । आविजित रहेका जसदीप सिंहले ३३ रन बनाए । अर्का अविजित रहेका हर्मित सिंहले २५ रन बनाउँदा मोनांक पटेलले २०, शुभम राञ्जनेले १६, सञ्जय कृष्णमूर्थीले १५ र साइतेजा मुकामालाले १० रन बनाए ।

लबदष्
िनेपालका पवन सराफले दुई विकेट लिए । विपीन खत्री, साहब आलम, बसिर अहमद, शेर मल्ल, रसिद खान र नारायण जोशीले समान एक विकेट लिए । खेलमा नेपाल ‘ए’ दोस्रो जितको खोजिमा छ ।

नेपाल ‘ए’ले हिजो भएको पहिलो खेलमा स्कटल्यान्डलाई ४५ रनले पराजित गर्दै विजयी सुरुआत गरेको थियो । अमेरिका भने विजयी सुरुआतको खोजीमा छ । अमेरिकाको यो श्रृंखला तथा नेपाल ‘ए’विरुद्धको पहिलो खेल हो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को पूर्वसन्ध्यामा यो श्रृंखलाको आयोजना गरिएको हो । यसपछि, अमेरिकाले नेपालसँग लिग–२ अन्र्तगत स्कटल्यान्ड र नेपाल सम्मिलित एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट श्रृंखला खेल्ने तालिका छ ।


प्रतिकृया दिनुहोस्