Skip

Hamro Sanchar

विश्वकप लिग-२ को टिकट मुल्य घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २१ गते


२१ बैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी शृंखलाको अन्तिम खेलका निम्ति टिकटको मूल्य घटाएको छ ।

आज सूचना जारी गर्दै क्यानले भोलि हुने नेपाल र ओमानबीचको खेलका निम्ति प्रतिटिकटको मूल्य २०० रुपैयाँ निर्धारण गरिएको जानकारी दिएको हो । टिकटको मूल्य यसअघि ४०० रुपैयाँ थियो ।

लिग–२ मा नेपाल २३ खेलबाट १६ अंकका साथ सातौँ स्थानमा छ । नेपालले सात जित र १४ हारको नतिजा निकालेको छ । दुई खेल भने रद्द भएको थियो ।

यस्तै, मे १२ देखि सुरु हुने नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको शृंखलाका निम्ति पनि प्रतिटिकटको मूल्य २०० रुपैयाँ तोकिएको छ ।


प्रतिकृया दिनुहोस्