Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

२ लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १४ गते


Advertisement

१४ बैशाख, कैलाली । युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता यही यही वैशाख २५ गतेदेखि हुन लागेको हो ।

अध्यक्ष अभिशेख शाहले हरेक वर्ष क्रिकेट प्रतियोगिता गर्दै आए पनि यस वर्षदेखि फुटबललाई जोड दिइएको बताएका छन् । “हामीले क्रिकेट प्रतियोगिता हरेक वर्ष गर्दै आएका थियौँ,” उनले भने, “यस वर्षबाट फुटबल प्रतियोगितालाई पनि जोडेका छौँ ।” प्रतियोगिताको उपाधि जित्ने टोलीले रु दुई लाख दुई हजार २२२ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु १० हजार ५०० प्राप्त गर्नेछ । त्यसैगरी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजार ५०० पुरस्कार प्रदान गरिने क्लबका कोषाध्यक्ष दीपक रिमालले जानकारी दिए।

खासगरी युवाहरूलाई खेलकुदमा प्रेरित गर्न प्रतियोगिताले भूमिका खेल्ने विश्वास कोषाध्यक्ष रिमालले गरेका छन् । उनका अनुसार महिला फुटबलको हकमा ठूलो राशिको पहिलो प्रतियोगिता आयोजना हुन लागेको छ । प्रतियोगितामा देशभरबाट १६ महिला टोलीको सहभागिता रहनेछ ।

युथ अफ टीकापुरका खेलाडी सीमा बयकले विद्यालयबाट बाहिर गएर प्रतियोगिताहरुमा सहभागी भए पनि आफ्नै खेलमैदानमा प्रतियोगिता हुनु खेलाडीका लागि गर्वको विषय भएको बताए ।


प्रतिकृया दिनुहोस्