Skip

Hamro Sanchar

टी– २० आई सिरिज : नेपाल र यूएई दोस्रो खेल खेल्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ८ गते


८ बैशाख, काठमाडौं । नेपाल र यूएईबीचको टी– २० आई सिरिजको दोस्रो खेल आज हुँदै छ । खेल साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

यो सिरिजको दोस्रो तथा अन्तिम खेल हो । पहिलो खेल सोमबार भएको थियो । सोमबारको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो ।

वर्षा कारण प्रभावित खेल डीएल मेथडका आधारमा १० ओभरमा खेलाइएको थियो ।

जारी सिरिजमा नेपाली टोलीको कप्तानी राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले गरेका छन् ।

टोलीमा दीपेन्द्रसँगै सन्दीप लामिछाने, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, शेर मल्ल, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त दामी र शाहव आलम छन् ।


प्रतिकृया दिनुहोस्