Skip

Hamro Sanchar

आर्मीले तेस्रोपटक जित्यो प्रधानमन्त्री कपको उपाधि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ४ गते


४ बैशाख, काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले तेस्रोपटक प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

आज आर्मीले फाइनलमा सुदूरपश्चिलाई पाँच विकेटले पराजित गर्दै तेस्रोपटक प्रधानमन्त्री कपको उपाधि जितेको हो । यसअघि आर्मीले सन् २०१७ र सन् २०२१ को संस्करण जितेको थियो ।

उपाधिको निम्ति वीरगन्जको नारायणी क्रिकेट मैदानमा भएको फाइनलमा आर्मीले सुदूरपश्चिमले प्रस्तुत गरेको १६२ रनको लक्ष्य ३४।३ ओभरमा पूरा गर्‍यो ।

आर्मीको जितमा अविजित रहेका इम्रान शेखले सर्वाधिक ४६ रन बनाए । बसिर अहमदले ४५ रन बनाए । यी दुईले १०।३ ओभर देखि ३२।१ ओभरसम्म ९६ को अर्धशतकीय साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्‍याएका थिए ।

ओपनर तृतराज दासले ३१ र कुशल मल्लले १७ रन बनाए ।

सुदूरपश्चिमका निम्ति हेमन्त धामीले दुई विकेट लिए । विकास आग्री, शेर मल्ल र आशोक धामीले समान एक विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले आर्मीविरुद्ध ३९.४ ओभरमा सबै विकेट गुमाएर १६१ रनको योगफल खडा गरेको थियो ।

सुदूरपश्चिमका अशोक धामीले सर्वाधिक ४३ रनको योगदान गरे । किरण ठगुन्नाले ३५ रन जोडे । नारायण जोशीले २९, हेमन्त धामीले १६ रन बनाए ।

आर्मीका आकाश चन्द र साहब आलमले समान तीन विकेट लिए । बसिर अहमदले दुई, कुशल मल्लले एक विकेट लिए ।


प्रतिकृया दिनुहोस्