Skip

Hamro Sanchar

आईसीसी विश्वकप लिग-२ को दुईको मिति घोषणा, नेपालको खेल कहिले ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २४ गते


काठमाडौं । नेपालमा हुने तय भएर स्थगित भएको आईसीसी विश्वकप लिग-२ को खेल आगामी वैशाख १२ देखि २२ गते ९अप्रिल २५ देखि मे ५० सम्म काठमाडौंमा हुने भएको छ ।

साथै वैशाख २९ गतेदेखि जेठ ८ गते (मे १२ देखि २२)सम्म अर्को खेल पनि तय गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले मंगलबार उक्त मिति घोषणा गरेको हो । नयाँ तालिकाअनुसार, स्थगित रहेको नेपाल यूएई र ओमान सम्मिलित खेल वैशाखमा हुनेछ । यो खेल १२ गते सुरु हुनेछ । जसअनुसार, नेपाल र यूएईबीच पहिलो खेल वैशाख १२ गते हुनेछ भने दोस्रो खेल वैशाख १६ गते ओमानसँग हुनेछ ।

एक टोलीसँग २र२ खेल खेल्ने तालिकाअनुसार नेपालले तेस्रो खेल यूएईसँग वैशाख १८ गते र चौथो खेल ओमानसँग वैशाख २२ मा खेल्नेछ ।

कार्यतालिका अनुसार, नेपाल, ओमान र यूएईबीचको सिरिज गत २६ फागुनदेखि ६ चैतसम्म कीर्तिपुरमा हुनुपर्ने थियो । तर, क्यानले मध्यपूर्वी एसियाको तनावपूर्ण स्थितिलाई मध्यनजर गरी विश्वकप लिग-२ का खेल अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जनाएको थियो ।

पहिलो शृङ्खला सकिएलगत्तै अर्को साता नेपाल स्कटल्यान्ड र अमेरिका सम्मिलित लिग-२ को खेल हुनेछ ।

जसमा तालिकाअनुसार, नेपालले स्कटल्यान्डसँग वैशाख २९ मा, अमेरिकासँग जेठ २ गते खेल्नेछ भने जेठ ४ गते स्कटल्यान्ड र जेठ ८ गते अन्तिम खेल अमेरिकासँग खेल्नेछ ।

 

 


प्रतिकृया दिनुहोस्