Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाली युवा टोली सेमिफाइनलमा मालदिभ्ससँग पराजित, सेमिफाइनलबाटै बाहिरीयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १८ गते


Advertisement

१८ चैत, काठमाडौं । मालदिभ्समा जारी साफ यू-२० च्याम्पियनसिपमा नेपाली युवा टोली सेमिफाइनलबाटै बाहिरिएको छ।

बुधबार भएको सेमिफाइनलमा नेपाली युवा टोली साविक विजेता बंगलादेशसँग १-० गोल अन्तरले पराजित हुँदै बाहिरिएको हो।

पहिलो हाफमा नै १-० गोलले पछि परेको नेपालले खेलमा पुनरागमन गर्न सकेन।

समूह चरणमा अपराजित रहेर अन्तिम चारमा पुगेको नेपाली टोलीले च्याम्पियनसिपको सेमिफाइनलमा पहिलो हार बेहो¥यो।

नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले तथा दोस्रो खेलमा श्रीलंकालाई १-० गोल अन्तरले हराएको थियो। तेस्रो खेलमा घरेलु टोली मालदिभ्ससँग बराबरी गरेको थियो।

एक समय उमेर समूहमा सशक्त प्रदर्शन गर्दै आएको नेपाली टोली पछिल्लो समय उपाधि होडबाट टाढिदै आएको छ।

नेपालले सन् २०१५ र २०१७ मा उपाधि उचालेको थियो। त्यसयताका ६ सस्करण नेपाली युवा टोलीले उपाधि उचाल्न सकेको छैन।

नेपाललाई हराएसँगै साविक विजेता बंगलादेश उपाधि नजिक पुगेको छ ।


प्रतिकृया दिनुहोस्