Skip

Hamro Sanchar

पीएसएल खेल्न पाकिस्तान प्रस्थान गरे दीपेन्द्रसिंह ऐरी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ९ गते


काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग )पीएसएल) खेल्ने पाकिस्तान प्रस्थान गरेका छन् ।

इस्लामाबाद युनाइटेडमा अनुबन्ध भएका दीपेन्द्र पीएसएल खेल्न सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । पश्चिम एसियाको तनावका बीच दीपेन्द्र काठमाडौंबाट दुबई हुँदै पाकिस्तान प्रस्थान गरेका हुन् ।

उनलाई इस्लामावादले ६० लाख पाकिस्तानी रुपैयाँ (करिब ३१ लाख नेपाली रुपैया) मा अनुबन्ध गरेको थियो।

पाकिस्तान सुपर लिग (पीएसएल) २०२६ यसपटक दर्शकबिना खेलाइने छ । पश्चिम एशियामा जारी संकटका कारण प्रतियोगिता अब केवल लाहोर र कराँचीमा मात्रै खेलाइनेछ ।


प्रतिकृया दिनुहोस्