Skip

Hamro Sanchar

सर्वोच्चको परमादेशपछि प्राधिकरण फर्किए हितेन्द्रदेव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २४ गते


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले पदबहाली गरेका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार उनले बुधबार बिहान प्राधिकरणमा पुगेर पदबहाली गरेका हुन् ।

सोमबार सर्वोच्च अदालतले उनको प्राधिकरणमा पुनर्बहाली हुने परमादेश जारी गरेको थियो ।

न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध फैसला गरेको थियो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले गत असोज ५ गते शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए । शाक्य आफूलाई प्राधिकरणमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च पुगेका थिए ।


प्रतिकृया दिनुहोस्