Hamro Sanchar

भारत-पाकिस्तान तनाव : आईपीएल स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २६ गते


भारत–पाकिस्तान तनावले आईपीएल स्थगित
काठमाडौं । भारत र पाकिस्तानको बढ्दो तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल)-२०२५ स्थगित गरिएको छ ।

छिमेकी राष्ट्रसँगको बढ्दो तनावका कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईपीएलको शुक्रबारदेखिका सम्पूर्ण खेलहरू अनिश्चित समयका निम्ति स्थगित गरिएको एक रिर्पोटलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ ।

“भारत–पाकिस्तान सैन्य द्वन्द्वका कारण आईपीएल अनिश्चितकालका लागि स्थगित,” बीसीसीआईका एक अधिकारीबाट प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)लाई प्राप्त उदृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ ।

यसअघि, गएराति पनि पञ्जाव किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल यही तनावका कारण रद्द गरिएको थियो ।

आईपीएलमा हालसम्म जम्मा ७४ खेलमध्ये ५८ खेल सम्पन्न भएका छन् ।


प्रतिकृया दिनुहोस्