Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्री ओली र चर्चित फुटबलर कार्लोसबीच भेटघाट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १० गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोसबीच आज भेटघाट भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनीहरूबीच भेट भएको हो।

विश्वविजेता कार्लोस नेपाल सुरपल लिग ९एनएसएल० को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आएका हुन्।

प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरूलाई उत्साह मिल्ने बताए। नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा पनि उनले जोड दिए।

प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई माउन्टेन फ्लाइट र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह पनि गरे।

आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए।


प्रतिकृया दिनुहोस्