Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बाह्रखरी गल्फको आठौँ संस्करण चैत २३ मा, च्याम्पियनले सुनको बल पाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ३ गते


Advertisement

काठमाडौं, चैत ४- बाह्रखरी गल्फको आठौँ संस्करण तथा आर्थिक परिसंवाद चैत २३ गते हुने भएको छ । सोमबार आयोजक बाह्रखरी मिडियाले पत्रकार सम्मेलन गरी चैत २३ मा हुने एनसेल बाह्रखरी कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद जानकारी गराएको हो ।

काठमाडौंको गोकर्णस्थित गोकर्ण गल्फ क्लबको कोर्समा हुने प्रतियोगितामा १ सय २० खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । जसमा भारत, अमेरिका, चीन, श्रीलंका, सिंगापुरका गल्फरले सहभागिता जनाउने छन् । साथै, नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि गल्फ प्रतियोगितामा सहभागी हुनेछन् ।

काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगन्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी उच्च अधिकारीले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

यसका ‘अल–राउन्ड’ विजेताले २४ क्यारेट सुनले बनेको गल्फ बल तथा अन्य पुरस्कार प्राप्त गर्नेछन् । साथै, अन्य विभिन्न विधामा विजेताले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे भने ‘होल इन–वन’ पुरस्कारका रूपमा बीवाईडीको ‘एट्टो थ्री’ गाडी प्राप्त गर्नेछन् ।

गल्फ प्रतियोगितालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आर्थिक परिसंवाद’मा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आर्थिक परिसंवादमा नेपालको आर्थिक अवस्था, व्यापारिक क्षेत्रमा भइरहेका अवरोध, नेपालमा प्रविधि क्षेत्रको अवसर र चुनौती, दोस्रो चरणको आर्थिक सुधारको आवश्यकतालगायत विषयमा महत्त्वपूर्ण छलफल बताइएको छ ।

आर्थिक परिसंवाद कार्यक्रममा नेपालका नीति निर्माण तहमा रहेका उच्च अधिकारी, अर्थमन्त्री, मन्त्रीहरू, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख तथा पदाधिकारीहरू, कर्पोरेट क्षेत्रका व्यक्तित्व, प्राध्यापक, बुद्धिजीवी, अर्थविद्, बैंकर, उद्यमी, संघीय सांसद, प्रदेशसभा सदस्य, ‘कन्टेन्ट क्रियटर’लगायत व्यक्तित्वको उपस्थिति रहनेछ आयोजकले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्