Hamro Sanchar

फेरि सर्‍यो दशौँ राष्ट्रिय खेलकुद

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, १५ गते


काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मिति फेरि सरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को आज बसेको बोर्ड बैठकले दशौँ राष्ट्रियको नयाँ मिति तोकेको हो ।

नयाँ मिति अनुसार दशौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म हुने निर्णय भएको युवा तथा खेलकुदमन्त्री तेजलाल चौधरीले बताए ।

यसअघि कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट माघ ३ गते पारित भएको गरिएको थियो ।

त्यतिबेला कर्णाली प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिता आगामी चैतमा हुने तय भएको थियो ।


प्रतिकृया दिनुहोस्