Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र म्यानमार भिड्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, १४ गते


Advertisement

काठमाडौं । काठमाडौँमा जारी फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र म्यानमार भिड्दै छन्।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने भिडन्त साँझ ६ बजे सुरु हुनेछ। पाँच महिनाको अन्तरालमा दोस्रोपटक घरेलु मैदानमा फाइनल खेल्न लागेको नेपाली टोली उच्च मनोबलमा मैदान उत्रँदै छ।

वरीयतामा ५५औँ स्थानमा रहेको म्यानमारलाई हराउँदै नेपाल उपाधि जित्ने लक्ष्यमा छ। नेपाल फिफा वरीयताको १ सय ३औँ स्थानमा छ।

म्यानमार पनि नेपाललाई हराएर उपाधि जित्ने रणनीतिमा हुनेछ। यसअघि समूह चरणमा भएको खेलमा नेपाल र म्यानमारले २र२ को बराबरी गरेका थिए।

च्याम्पियनसिपमा अपराजित दुवै टोली सोही लय कायम राख्दै उपाधि जित्ने तयारीमा छन्।

नेपाल म्यानमारसँग चौथोपटक भिड्न लागेको हो। यसअघिका तीन भेटमा नेपालले म्यानमारलाई हराउन सकेको छैन। नेपाल आज ती सबै खेलको बदला घरेलु मैदानमा लिन चाहन्छ। म्यानमारको टोली भने जितको लय कायम राख्न चाहन्छ।


प्रतिकृया दिनुहोस्