Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सन्दीप क्यानको कारबाहीमा : एक खेलमा प्रतिबन्ध, सोध्यो स्पष्टीकरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ८ गते


Advertisement

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघले कारबाही गरेको छ।

अनुशासन उल्लंघन गरेको भन्दै उनलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाउने निर्णय भएको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बि लामाले बताए।

जय ट्रफीको क्रममा उनले सामाजिक सञ्जालमा रेफ्रीविरुद्ध टिप्पणी गरेपछि क्यानले कारबाही गरेको लामाले बताए।

यस्तै क्यानले उनलाई स्पष्टीकरण पनि सोधेको छ।

क्यान र खेलाडीबिचको सम्झौतामा क्यानसँग सम्बन्धित अधिकारीहरुविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने व्यवस्था छ। सन्दीपले सोही कुराको उल्लंघन गरेको क्यानको निस्कर्ष छ।

जय ट्रफीमा सन्दीपले बागमती प्रदेशको टोलीको कप्तानी गरेका थिए। उनको टोली फाइनलमा पुग्न सकेन। नेपाल पुलिस क्लबले आर्मी क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो ।


प्रतिकृया दिनुहोस्