Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सामाजिक सञ्‍जालमा सन्दीपको भावुक स्टाटस् : सन्यास लिएका हुन् ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ६ गते


Advertisement

सामाजिक सञ्‍जालमा सन्दीपको भावुक स्टाटसस् सन्यास लिएका हुन्

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको गएराति सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर लामिछानेले गएराति ११ बजे सामाजिक सञ्जालमा गरेको पोस्टले यतिबेला धेरैको ध्यान तानेको छ।

अंग्रेजी भाषामा सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले नेपालका आफ्ना समर्थकहरूप्रति कृतज्ञता प्रकट गरेका छन। कतिपयले यसलाई सन्दीपले खेलबाट सन्यास लिन लागेको अड्कलबाजी पनि लगाएका छन्।

लामिछानेले लेखेका छन्, ‘यी सबै कुराको लागि सबैजनालाई धन्यवाद। यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैँ मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ। तपाईँहरुको यो माया र हौसला मेरा लागि सबथोक हो। जसले सधैँभरि मेरो हृदयमा विशेष स्थान बनाइरहनेछ। शब्दभन्दा बाहिर ।


प्रतिकृया दिनुहोस्