Skip
आज : २०८३ कार्तिक १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भारतीय कलाकार शैफ अली खानमाथि छुरा प्रहार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ३ गते


Advertisement

काठमाडौं । भारतीय कलाकार शैफअली खानमाथि छुरा प्रहार भएको छ।

गएराति साढे २ बजे बान्द्राको घरमै कलकार खानमाथि छुरा प्रहार भएको हो। छुरा प्रहारबाट उनी घाइते भएको र अहिले लिलावती अस्पतालमा उपचार भइरहेको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।

उनी परिवारसहित घरमा सुतिरहेको समयमा एक व्यक्ति घरमा प्रवेश गरेका थिए। घरमा रहेका सहयोगीसँग झगडा परेपछि शैफ बचाउन गएका थिए।

त्यसक्रममा दुई ती व्यक्तिले शैफमाथि चक्कु प्रहार गरेर भागेका थिए। शैफको हातमा शरीरमा विभिन्न ६ ठाउँमा चोट लागेको बताइएको छ। लिलावती अस्पतालका एक डाक्टरले शैफको हात, मेरूदण्ड र घाँटीमा समेत चोट रहेको बताएको छ।

घरमा रहेका परिवारका अन्य सदस्यहरू सकुशल रहेको प्रहरीले जनाएको छ।

शैफकी श्रीमती करिना कपुरले चोरी गर्ने उद्धेश्यले ती संदिग्ध आफ्नो घरभित्र प्रवेश गरेको बताएकी छन्।

घटनाबारे त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको छ


प्रतिकृया दिनुहोस्