Hamro Sanchar

यु-१९ एसिया कप : नेपाले भारतलाई दियो ९५ रनको लक्ष्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २ गते


Advertisement

काठमाडौं । एसीसी महिला यू-१९ एसिया कपमा भारतले जितका लागि ९५ रनको लक्ष्य पाएको छ।

टस जितेर फिल्डिङ रोजेको भारतले २० ओभरमा नेपालको ९ विकेट लिई ९४ रनमा रोकेको हो।

नेपालका दुई खेलाडीले मात्रै दोहोरो अंकको रन बटुले। पूजा महतोले २५ र एलिशा यादवले २० रन बनाउँदा साना प्रवीन ९, सावित्री धामी ३, सोनी पाख्रिन ८, ज्योत्स्निका मरासिनी ६, अनु कडायत र कुसुम गोदारले १–१ तथा रचना चौधरीले ३ रन बनाए। भारतले नेपाललाई १८ अतिरिक्त रन दियो।

बलिङतर्फ भारतकी पारुणिका सिसोडियाले ४ विकेट लिइन्। उनीबाहेक मिथिला विनोद र आनन्दिता किशोरले समान १ विकेट लिए।
भारतले केही बेरमा ब्याटिङ गर्नेछ ।


प्रतिकृया दिनुहोस्