Skip

Hamro Sanchar

एनपीएल : आज पनि दुई खेल हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ३० गते


काठमाडौं । यहाँ जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन् ।

पहिलो खेल बिहान सबा नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छभने दिउँसो सवा एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।

दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन् । दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो । यसअघिका छ खेलमध्ये काठमाडौँ तीन खेलमा विजयी भएको छ । विराटनगर किङ्ग्सले छमध्ये दुई खेलमात्र जितेको छ ।

पोखराको यो अन्तिम खेल हो । उसले पनि दुई खेलमात्र जितेको छ । सुदूरपश्चिमको भने यो छैटौँ खेल हो । यो टोली चार खेलमा विजयी भएको छ ।


प्रतिकृया दिनुहोस्