काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विहान ९ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्नेछन् ।
लुम्बिनीलाई आजको खेल जित्नैपर्ने दबाबमा रहेको छ ।जनकपुर भने लगातार तीन खेलमा अंक बटुल्न सफल भएको छ ।
आजै हुने अर्को खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन् ।
सुदूरपश्चिम पनि तीन खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
चितवन राइनोजले १ खेलमा जित निकाल्दा २ खेलमा पराजित भएको छ ।