Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपति निर्वाचित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २१ गते


Advertisement

काठमाडौं । अमेरिकी सञ्चारमाध्यमहरुले अर्को स्विङ स्टेट विस्कन्सिन डोनाल्ड ट्रम्पले जित्ने प्रक्षेपण गरेका छन्। यससँगै उनले २७० इलेक्टोरल मतको लक्ष्य पार गरेका छन्।

विस्कन्सिनमा विजयी भएसँगै राष्ट्रपतीय निर्वाचन पनि ट्रम्पको खल्तीमा परेको छ। उनी ४७ औँ राष्ट्रपति बनेका छन्।

निर्वाचन अभियानका क्रममा दुई हत्याप्रयासका बाबजुद ऐतिहासिक पुनरागमन गर्दै ट्रम्पले कमला ह्यारिसलाई हराएर चुनाव जितेका हुन्। आगामी चार वर्ष उनले मुलुकको नेतृत्व गर्नेछन्।

७८ वर्षीय ट्रम्प एकपटक चुनाव हारिसकेपछि पुनः राष्ट्रपति बन्ने इतिहासकै दोस्रो व्यक्ति बन्ने भएका छन्।

यसअघि १८९३ मा ग्रोभर क्लिभल्यान्डले दोस्रोपटक यसैगरी चुनाव जितेका थिए।

यसअघिका राष्ट्रपति जो बाइडेन इतिहासकै वृद्ध राष्ट्रपति थिए। ट्रम्पको उमेर पनि उति नै छ।


प्रतिकृया दिनुहोस्