आज : २०८१ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कर्णाली सरकारले बाढीपहिरो प्रभावितलाई ५० लाख सहयोग गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १५ गते


Advertisement

सुर्खेत । कर्णाली प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री यामलाल कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिए ।

शुक्रबारदेखि परेको वर्षाले मध्य र पूर्वी नेपाल बढी प्रभावित बनेको छ । उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले कोषमा सहयोग रकम दिने निर्णय गरेको हो ।


प्रतिकृया दिनुहोस्