आज : २०८१ आश्विन १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्री ओली अमेरिकाबाट फर्किए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १४ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किएका छन् । संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिन असोज ४ मा न्यूयोर्क प्रस्थान गरेका ओली सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत थिए ।

ओलीको स्वागतका लागि सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेललगायत विमानस्थल पुगेका थिए ।

ओलीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गरेका थिए । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय थियो ।

न्यूयोर्कमा रहँदा उनले विभिन्न राष्ट्रका प्रमुखसँग साइडलाइन वार्ता गरेका थिए ।


प्रतिकृया दिनुहोस्