Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एमाले-कांग्रेस घमण्डी र भ्रष्ट पार्टी हुन् : झलनाथ खनाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ९ गते


Advertisement

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले र नेपाली कांग्रेस घमण्डी र भ्रष्ट पार्टी भएको टिप्पणी गरेका छन् ।

आज काठमाडौँमा आयोजित पार्टी केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले कांग्रेस र एमाले घमण्डी र भ्रष्ट पार्टी रहेकाले उनीहरूले संविधान संशोधनका लागि चलाएको हल्ला पनि काम नलाग्ने दाबी गरेका छन् ।

कांग्रेस-एमाले नेतृत्वको सत्तारुढ गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै उनीहरूले नेपालमा दुई पार्टी सिस्टम ल्याउने धृष्टता गरेपनि त्यो सम्भव नहुने जिकिर गरेका गरेका छन्।

नेता खनालले नेपालमा दुई पार्टी सिस्टम आउने सम्भावना नरहेको बताए। उनले दुई ठूलो पार्टीको नेपालमा दुई पार्टी सिस्टम ल्याउने कुरा कल्पनामा मात्रै सिमित हुने दाबी समेत गरेका छन् ।

साथै उनले दुई ठूलो पार्टीले आफूहरूको सहयोग बिना संविधान संशोधनको नाममा कमा र फुलिष्टप पनि परिवर्तन गर्न नसक्ने बताए।


प्रतिकृया दिनुहोस्