Hamro Sanchar

सर्पले डसेर कैलालीमा दिदीबहिनीको मृत्यु, हजुरआमा घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ८ गते


Advertisement

कैलाली । कैलालीमा सर्पले डसेर दुई बालिकाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगङ्गा नगरपालिका-७ महुलियामा सर्पले डसेर एकै घरमा दिदी बैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

४ वर्षीया काजल र ७ वर्षीया निता घर्तीमगरलाई शुक्रबार राति सुतिरहेको अवस्थामा सर्पले डसेको थियो।

सर्पले डसेपछि स्थानीय अस्पतालबाट थप उपचारको लागि धनगढी ल्याइएको थियो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनीहरु दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।

सोही समयमा बालिकाकी हजुर आमा मेनुका घर्तीमगरलाई पनि सर्पले डसेको छ। उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्