काठमाडौं। प्रधानमन्त्री केपी शर्मा अोलीले वर्तमान सरकार कोही कसैप्रति प्रतिशोध साँध्न नबनेको प्रष्ट पारेका छन् ।
मंगलबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले कोही कसैप्रति उदारता र अनुदारता नदेखाउने बताएका छन् ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नेलाई कानून बमोजिम कडाभन्दा कडा कारबाही गर्ने कुरामा सरकार प्रष्ट रहेको बताएका छन् । उनले वर्तमान सरकारल कसैको अनुहार हरेर क्षमा दिने र कारबाही गर्नेतर्फ नजाने दाबी गरेका छन् ।
ओली प्रधानमन्त्री बनेपछि पहिलो पटक राज्य व्यवस्था समितिमा पुगेका हुन् । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।