Hamro Sanchar

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २२ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उपस्थित भएका छन् ।

यसअघि १६ साउनमा पनि समितिले प्रधानमन्त्री ओलीलाई बोलाएको थियो ।

तर त्यस दिन उनले आफू उपस्थित हुन नसक्ने भन्दै गृहमन्त्री रमेश लेखकलाई पठाएका थिए । मंगलबारको बैठकमा भने आफैं उपस्थित भएका हुन् ।

मंगलबार राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयकमाथि छलफल गर्ने कार्यसूची छ ।


प्रतिकृया दिनुहोस्