
गुल्मी । गुल्मीमा पहिरोले २ घर पुरिदा १ जनाको मृत्यु भएको छ ।
गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा गएको पहिरोले २ घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।
पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिएका छन् ।
आज बिहान घरमाथिबाट लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएकाहरूको खोजीका लागि प्रहरी र स्थानीयवासी परिचालन भएका छन् । रातिदेखि गुल्मीमा अविरल वर्षा भइरहेको छ ।