Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विद्युत् प्राधिकरणका दुई जना कर्मचारी हटाएकोमा माओवादी सांसदको आपत्ति

"सरकारले देशमा अटोक्रेसि चलाउन खोजेको आशंका"

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २१ गते


Advertisement

काठमाडौ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले नेपाल विद्युत् प्राधिकरणका दुई जना सञ्चालकलाई पदमुक्त गरिएकोबारे आपत्ति जनाएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्।

सरकारले आइतबार सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनको स्पष्टीकरण चित्त नबुझेको भन्दै पदमुक्त गरेको थियो।

‘नेपाल विद्युत प्राधिकरणका कपिल आचार्य र भक्तबहादुर पुन दुईजनालाई सरकारले नियम उल्लंघन गरेर बर्खास्ती गरेको छ,’ सापकोटाले भने, ‘म यो घटनाको खण्डन गर्न चाहन्छु। भत्र्सना गर्न चाहन्छु। सरकार देशमा अटोक्रेसि चलाउन खोजेको कुराको आशंका व्यक्त गर्न चाहन्छु।


प्रतिकृया दिनुहोस्