Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

त्रिपुरासुन्दरी गाउँपालिका-काठमाडौँ सम्पर्क मञ्चद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, ८ गते


Advertisement

काठमाडौँ, साउन ८- नेपाल कम्युनिष्ट पार्टी (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका-काठमाडौँ सम्पर्क मञ्चले २०८० सालमा एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

शनिबार आयोजित एक समारोहकाबिच २०८० सालमा एसईई परीक्षा उत्तिर्ण करिब ४८ जना विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रमका त्रिपुरासुन्दरी गाउँपालिकाबाट काठमाडौँ आएर पठनपाठन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको एमाले त्रिपुरासुन्दरी गाउँपालिका-काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए । उनले विगतका वर्षहरूमा झैँ यस वर्षपनि एसईई परीक्षा उत्तीर्ण विद्यार्थीरूलाई प्रमाणपत्र खादा सहित सम्मान गरिएको बताए ।

त्यस्तै, नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं वागमती प्रदेशका पूर्वमन्त्री अरूण नेपालले, एसईई परीका उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बदाई ज्ञापन गर्दैँ आगामी दिनमा उत्कृष्ट नतिजा सहित अगाडि बढ्न आग्रह गरे । उनले स्थानीय समस्या समाधान गर्न हरेक ब्यक्ति आफु स्वयं लाग्नुपर्ने अवस्था सिर्जना भएको पनि बताए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामाले, ‘विद्यार्थीहरूको भविष्य निर्माणमा यस नगरपालिकाहरूमा रहेका विद्यालयहरूले पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आफुले लिएको बताइन् ।

भेनस पब्लिक स्कुल/भेनस नेसनल कलेजका पेन्सिपल नेत्र प्रसाद दाहालले त्रिपुरासुन्दरी गाउँपालिकाबाट काठमाडौँ आएर भेनस स्कुल तथा कलेजमा पढ्न चाहने पाँच जना विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति तथा अरू विद्यार्थीरूलाई पचास प्रतिशत छुटमा पठनपाठन गराउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमाले त्रिपुरासुन्दरी गाउँपालिका-काठमाडौँ सम्पर्क मञ्चका पूर्व अध्यक्ष, उपाध्यक्ष एवं सचिवलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा नेकपा एमालेका निकटका विभिन्न तह र तप्काका अतिथि सहित अभिभावकहरूको सहभागीताहेको थियो ।


प्रतिकृया दिनुहोस्