Hamro Sanchar

बोरामा लुकाएर राखेको एक करोड एक लाख सशस्त्र प्रहरीद्धारा बरामद

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २० गते


Advertisement

सुनसरी, जेठ २०- सुनसरीबाट सशस्त्र प्रहरीले हुन्डीको आशंकामा एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ । सुनसरीको हरिनगर गाँउपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट बसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६ च ७६१३ नम्बरको कारबाट उक्त रकम बरामद गरेको हो ।

कारभित्र बोरामा लुकाएको अवस्थामा एक हजार दरका ९ हजार ७०० थान नोट ९९७ लाख० र ५०० दरका ८०० थान नोट (चार लाख) बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । रकमसँगै कार र चालक सुनसरीको हरिनगर गाँउपालिका–५ का ३७ वर्षीय इसा अन्सारीलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक सोधपुछमा उनले रकमको स्रोत खुलाउन सकेका छैनन् ।


प्रतिकृया दिनुहोस्